रुपन्देहीमा उजेलीको हत्या आरोपमा प्रभुनाथ पक्राउ
बुटवल | चैत १५, २०८०
रूपन्देही: जिल्ला प्रहरी कार्यालय रुपेन्देहीले सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक बस्ने ७० वर्षीया उजेली लोधको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सियारी गाउँपालिका–७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारू रहेका छन् ।
प्रहरीका अनुसार उजेलीलाई सुतेको अवस्थामा फलामको हतौडा प्रहार गरी फरार भएका थिए ।
त्यसपछि अचेत भएकी उजेलीलाई उपचारको लागि भिम अस्पताल भैरहवा पुर्याइएपनि चिकित्कसको मृत घोषणा गरेको थियो ।
उजेलीको हत्या भएको प्रहरीलाई सूचना पुगेपछि इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले घटनामा संलग्न प्रभुनाथलाई उनकै घरबाट पक्राउ गरेको हो ।
मृतकले गालीगलोज गर्ने गरेको र रिसको झोकमा आफुले हतौडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा बताएका थिए ।
सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

